ह्याक हुन नदिन यसरी सुरक्षित राख्नुहोस् आफ्नो फेसबुक अकाउन्ट _ To prevent this from happening, it is safe to protect your Facebook account

To prevent this from happening, it is safe to protect your Facebook account [ ह्याक हुन नदिन यसरी सुरक्षित राख्नुहोस् आफ्नो FACEBOOK ACCOUNT

ह्याक हुन नदिन यसरी सुरक्षित राख्नुहोस् आफ्नो फेसबुक अकाउन्ट _ To prevent this from happening, it is safe to protect your Facebook account


 पछिल्लो समय FACEBOOK ACCOUNT ह्याक हुने घटना बढिरहेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा आउने अधिकांश फेसबुक सम्बन्धी उजुरीमध्ये ६० प्रतिशत फेसबुक ह्याकसम्बन्धी हुन्छन् ।


सामान्यतः सामाजिक सञ्जाल प्रयोगकर्ताकै कमजोरीले गर्दा FACEBOOK ACCOUNT  ह्याक हुने सुरक्षा जानकार बताउँछन् । फेसबुक अकाउन्टमा बलियाे पासवर्ड नराख्नु, टु फ्याक्टर अथेन्टिकेसन अन नगर्नु, अनावश्यक लिङ्क क्लिक गर्नु नै अकाउन्ट ह्याक हुनुका प्रमुख कारण हुन् ।


आज हामी ह्याक हुन नदिन आफ्नो FACEBOOK ACCOUNT कसरी बलियो पार्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।  तपाईंको अकाउन्ट कत्तिको सुरक्षित छ भनेर फेसबुकले वर्षौंदेखि प्राइभेसी चेकअपको फिचर उपलब्ध गराएको छ । यसको सहायताले तपाईं क्षणभरमै फेसबुक अकाउन्ट सुरक्षित बनाउन सक्नुहुन्छ ।


यसरी सुरक्षित बनाउनुहोस् आफ्नो FACEBOOK ACCOUNT:


-सबैभन्दा पहिले माेबाइलमा फेसबुक एप खोल्नुहोस् ।


-त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइल पिक्चरसँगैको तीन ओटा लाइनमा थिच्नुहोस् ।


-अनि, स्क्रोल गर्दै तल गएर सेटिङ एन्ड प्राइभेसी (Setting and Protection) को अप्सन छान्नुहोस् ।


-त्यसपछि प्राइभेसी शर्टकट्स (Protection Alternate ways) को अप्सनमा जानुहोस् ।


-उक्त प्राइभेरी शर्टकटको अप्सनभित्र अकाउन्ट सुरक्षित राख्न आवश्यक सबै सेटिङहरू समावेश गरिएको हुन्छ । तर, तपाईंले आफ्नो अकाउन्टमा के कुराहरू परिवर्तन गर्न सकिन्छ, जसले गर्दा अकाउन्ट सुरक्षित हुन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि 'टेक अ प्राइभेसी चेकअप' (Take a Protection Exam) को अप्सनमा जानुहोस् ।


तपाईंले शेयर गरेका कुराहरू कसले देख्छ ?


प्राइभेसी चेकअपमा गइसकेपछि तपाईंले सबैभन्दा पहिले हेर्नुपर्ने कुरा हो, 'तपाईंले शेयर गरेका कुराहरू कसले देख्छ ?' अर्थात् Who can see what you share?


तपाईंले आफ्नो फेसबुकमा शेयर गरेका स-साना कुराहरूको सहयाताले नै ह्याकरहरू तपाईंले राखेको पासवर्ड अनुमान गर्न सक्छन् । त्यसैले आफूले फेसबुकमा राख्ने पोस्ट वा शेयर गर्ने अन्य कुराहरू आफूसँग जोडिएका व्यक्तिमाझ मात्र देखिनेगरी राख्नुपर्छ ।


तपाईंको पोस्ट आफूसँग जोडिएका व्यक्तिलाई मात्र देखाउन 'प्राइभेसी चेकअप'भित्र रहेको 'हु क्यान सि ह्वाट यू शेयर' (Who can see what you share) को अप्सनमा जानुहोस् ।


-त्यसपछि तपाईंको प्रोफाइलको सूचना, पोस्ट र स्टोरी, ट्याग गरेको पोस्ट  र ब्लक गरिएका अकाउन्ट सम्बन्धी राखिएको सूचनाको पेज खुल्छ ।


-अन्तिममा रहेको 'कन्टिन्यु' (Proceed) को बटनमा थिच्नुभयो भने तपाईंको फोन नम्बर कसले देख्छ, जन्ममिति कसले देख्छ, तपाईंले गर्ने कामको जानकारी कसले पाउँछ, साथी भएका र फलो गरेका अकाउन्ट कसले देख्छ, तपाईंले लाइक गरेका पेज कसले देख्छ भन्ने कुराको अप्सन राखिएको हुन्छ ।


त्यसको दायाँपट्टि प्रायः सबै अप्सनमा पब्लिक राखिएको देखिन्छ । यसको अर्थ उक्त पेजमा देखिएका जति पनि सूचना छन् ती सबै जसले पनि देख्न पाउँछ भन्ने हुन्छ । त्यसका लागि तपाईंले कसलाई कसलाई देखाउने हो त्यो अप्सन मात्र छान्न सकिन्छ । सामान्यतः यी जानकारीमा 'वन्ली मि' वा 'फ्रेन्ड्स'को अप्सन छान्नुभयो भने उपयुक्त हुन्छ ।


-त्यसपछि अन्तिममा दायाँपट्टि रहेको 'नेक्स्ट'को बटनमा थिच्नुहोस् । To prevent this from happening, it is safe to protect your Facebook account,


-यसमा पनि डिफ्ल्ट अडियन्स को हुने र स्टोरी कसले देख्ने भन्ने अप्सन राखिएको हुन्छ । डिफल्ट अडियन्समा फ्रेन्ड्सको अप्सन छान्नुहोस् । स्टोरिजमा पनि फ्रेन्ड्सको अप्सन छान्न सक्नुहुन्छ ।


-त्यसपछि पुनः अन्तिममा दायाँपट्टि रहेको नेक्स्टको बटनमा ट्याप गर्नुहोस् ।


-यसपछि खुल्ने पेजमा तपाईंको प्रोफाइलमा भएका पोस्ट कसले देख्ने, तपाईं ट्याग भएको पोस्ट कसले देख्ने जस्ता कुराहरू हुन्छन् । यसमा पनि आफूलाई उपयुक्त लोाग्ने फ्रेन्ड्स वा 'वन्ली मि' को अप्सन छान्न सक्नुहुन्छ ।


-त्यसपछि तल रहेका दुई ओटा अप्सन 'रिभ्युविङ ट्याग' र 'रिभ्यविङ पोस्ट द्‍याट यु आर ट्याग्ड इन' निकै महत्त्वपूर्ण हुन्छन् । यी अप्सनलाई पनि अन गर्नुहोस् ।


-यति गरेपछि पुनः अन्तिममा दायाँपट्टि रहेको नेक्स्टको बटनमा थिच्नुहोस् । त्यसमा तपाईंले ब्लकलिस्टमा राखेका मान्छेहरू देखाउँछ । कसैलाई ब्लक गर्न पर्‍यो भने त्यही अप्सन छान्न सक्नुहुन्छ ।


-ह्याक हुन नदिन यसरी सुरक्षित राख्नुहोस् आफ्नो फेसबुक अकाउन्ट _ To prevent this from happening, it is safe to protect your Facebook account

तपाईंको अकाउन्ट कसरी �

Post a Comment

Previous Post Next Post