काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्ट तालिम _ Mahanagara started software development training ?

काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्ट तालिम, [ Mahanagara started software development training]

काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्ट तालिम _ Mahanagara started software development training ?


 काठमाडौँ महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु गरेको छ । चालू आर्थिक वर्षबाट कार्यान्वयनमा आएको 'रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि' कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने, तीमध्ये पाँच हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको हो ।


राष्ट्रिय सभागृहमा तालिम सुरुवात गर्दै सामाजिक समितिका संयोजक रामकुमार केसीले युवालाई आफैँ उद्यम गर्न सक्षम बनाउने गरी निःशुल्क तालिम प्रदान गर्न लागिएकाे बताए ।


त्यस्तै कार्यक्रममा समितिका सदस्य महेश नेपालीले क्षमता भएका, तर योग्यताका लागि पेश गर्नुपर्ने प्रमाण पत्र नभएका युवालाई तालिमबाट प्रतिस्पर्धी र योग्य जनशक्ति बनाउने लक्ष्य राखिएकाे बताए ।


दुई महिने सफ्टवेयर डेभलपमेन्ट तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए । उनीहरूमध्ये छानिएका ४० जनालाई दुई शिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको छ ।


सफ्टवेयर विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सीप प्रदान गर्नु रहेकाे छ । १२५ घण्टे यो तालिममा ७५ घण्टा 'अन द जब' तालिममा आधारित हुनेछ । सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ ।


कम्प्युटर विज्ञान, सूचना प्रविधि, इञ्जिनियरिङस्ता विषयमा भर्खर स्नातक तह उत्तीर्ण गरेका, अन्य गैरप्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीव्र इच्छा भएका कोडिङ तथा प्रविधिको विकासमा लाग्न जोश भएका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको महानगरले जनाएकाे छ ।


महानगरकाे सीपमूलक तालिममा सहभागी हुन चाहनेहरुले याे लिङ्क थिचेर फाराम भर्न सक्नुहुनेछ ।


काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्ट तालिम, [ Mahanagara started software development training]

टिप्पणीहरू
सम्बन्धित समाचार

नेपालमा बिजनेस इन्टेलिजेन्स र एआई सोलुसन दिन भित्रियो अमेरिकी सफ्टवेयर

नेपालमा बिजनेस इन्टेलिजेन्स र एआई सोलुसन दिन भित्रियो अमेरिकी सफ्टवेयर

टिकटक प्रतिबन्धबारे सर्वोच्चले तत्काल फैसला नदिने, अबको सुनुवाइ ५ महिनापछि मात्रै

टिकटक प्रतिबन्धबारे सर्वोच्चले तत्काल फैसला नदिने, अबको सुनुवाइ ५ महिनापछि मात्रै

नक्कली ब्लुबुक बनाउने दुई जना ५ ओटा गाडी सहित पक्राउ

नक्कली ब्लुबुक बनाउने दुई जना ५ ओटा गाडी सहित पक्राउ

त्रिभुवन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको एटीएम

त्रिभुवन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको एटीएम

ट्रेन्डिङ समाचार

चोक चोकमा एलियन भेषमा मानिस, पठाओको ब्यागमा के होला ?

मंसिर ३०, २०८० १३:३९

चोक चोकमा एलियन भेषमा मानिस, पठाओको ब्यागमा के होला ?

फोन वा टिभी नजिक बसेर तपाईँले गरेका गफ विज्ञापन कम्पनीले गोप्य रूपमा सुन्न सक्ने !

मंसिर ३०, २०८० १७:४०

फोन वा टिभी नजिक बसेर तपाईँले गरेका गफ विज्ञापन कम्पनीले गोप्य रूपमा सुन्न सक्ने !

अरुबाट लिएको काम छिटो सक्न प्रयोग गर्नुहोस् यी उपयोगी एआई टुलहरू

मंसिर ३०, २०८० १६:९

अरुबाट लिएको काम छिटो सक्न प्रयोग गर्नुहोस् यी उपयोगी एआई टुलहरू

जिल्ला प्रशासन कार्यालय भक्तपुरको फेसबुक पेजमा अश्लील सामग्री पोस्ट, ह्याक भएको आशंका

मंसिर ३०, २०८० १९:२८

जिल्ला प्रशासन कार्यालय भक्तपुरको फेसबुक पेजमा अश्लील सामग्री पोस्ट, ह्याक भएको आशंका

एआई प्रोसेसरसहित सामसङको बहुप्रतिक्षित ल्यापटप सिरिज 'ग्यालेक्सी बुक फोर' सार्वजनिक

मंसिर ३०, २०८० २१:६

एआई प्रोसेसरसहित सामसङको बहुप्रतिक्षित ल्यापटप सिरिज 'ग्यालेक्सी बुक फोर' सार्वजनिक

टिभीमा युट्युब हेर्दा अब थोरै, तर लामो विज्ञापन भिडिओ देखिने

मंसिर ३०, २०८० २१:२७

टिभीमा युट्युब हेर्दा अब थोरै, तर लामो विज्ञापन भिडिओ देखिने

पछिल्ला अपडेट

काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्ट तालिम

काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्ट तालि�

Post a Comment

Previous Post Next Post