फोटोजगुगल बाट सबै फोटो/भिडिओ एकैपटक कसरी डाउनलोड गर्ने ? [ How to download all photos/videos from Gal Photos at once? ]
हाम्रो डेटा भण्डारण गर्ने तरिकालाई क्लाउड स्टोरेजले पूरै परिवर्तन गरिदिएको छ । विगतमा कुनै पनि डेटाको ब्याकअप राख्ने र डिभाइसहरूमा सार्नुपर्ने बाध्यता थियो । अहिले ती काम क्लाउड स्टोरेजका कारण सजिलो भएको छ । तर ब्याकअप अथवा भण्डारण गर्न सजिलो भएपनि क्लाउड स्टोरेजबाट डिभाइसहरू बीचमा डेटा सार्न अलि झन्झटिलो छ ।
जस्तो; तपाईंले स्मार्टफोनबाट कम्प्युटरमा फोटो र भिडिओ सार्दा केही फोटोहरू मात्र कम्प्युटरमा जान सक्छन् । यसो हुनुको कारण स्मार्टफोनको मेमोरीमा भन्दा क्लाउडमा फोटो तथा भिडिओहरू डिफल्ट रूपमा भण्डारण हुनु हो । यदि तपाईं क्लाउड स्टोरेजबारे अलि जानकार हुनुहुन्न भने यसले अलमलाउन र दिक्क लगाउन सक्छ ।
यसले कस्तो समस्या दिन सक्छ भनेर रेडिटका एक प्रयोगकर्ताले हालै अनुभव शेयर गरेका छन् । "मैले आफ्नी दिवङ्गत श्रीमतीको पिक्सेल फोनमा भएको फोटो/भिडिओ मेरो कम्प्युटरमा सार्न खोज्दा करिब छ महिना जतिको मात्र सर्यो । तर फोटो एपमा भने पाँच वर्ष अगाडिसम्मको फोटो छ," उनले रेडिटमा लेखेका छन् । यस्तो समस्या हुनुको कारण बाँकी रहेका फोटो/भिडिओ फोनमा नभएर क्लाउडमा स्टोरेज हुनु हो ।
तर यस कुराले अलमल गराउँछ भनेर गुगल स्वयंले समेत स्पष्ट खुलाएको छैन । कहिलेकाहीँ फोटो/भिडिओ एकै ठाउँमा देख्दा तिनीहरू एउटै स्थानमा भण्डारण भएको जस्तो लाग्न सक्छ । तर सबै अवस्थामा यो कुरा लागू नहुन सक्छ । विशेष गरेर ती फोटो/भिडिओ कहाँ भण्डारण गरिएको छ भन्ने कुराले अर्थ लाग्ने गर्छ ।
उनको जस्तै समस्या तपाईंले पनि नभोग्नु होला भन्ने छैन । तर फोनमा भएका सबै फोटो/भिडिओ कम्प्युटरमा एकैसाथ सार्न केही तरिकाहरू छन् । जस्तै; फोनमा भएको क्लाउड स्टोरेजको एप कम्प्युटरमा प्रयोग गर्ने अथवा यूएसबीको सहायताबाट म्यानुअली ती मिडिया सार्ने ।
यसका लागि तपाईंले आफ्नो कम्प्युटरमा गुगल फोटोको वेब एप प्रयोग गर्नुहोस् । तर गुगल अकाउन्ट भने फोन र कम्प्युटरमा एउटै हुनुपर्छ । वेब एपबाट फोनमा सेभ भएका सबै डेटा एकै पटक डाउनलोड गर्न सकिन्छ । यदि तपाईंले सबै नभएर केही फोटो/भिडिओ मात्र शेयर गर्न चाहनुहुन्छ भने तिनलाई कम्प्युटरमा डाउनलोड गर्नुपर्ने हुन्छ ।
फोटो/भिडिओ डाउनलोड गर्न दायाँ माथि रहेको तीन ओटा डट बटनमा क्लिक गर्नुहोस् । मेनुबाट 'डाउनलोड' चयन गर्नुहोस् । यसरी तपाईंले क्लाउडमा भएका मिडिया अर्थात् फाइल एकैपटक डाउनलाेड गर्न सक्नुहुन्छ ।
टिप्पणीहरू
सम्बन्धित समाचार
इस्लिङ्टन कलेजमा साइबर सेक्युरिटी रिसर्च सेन्टर स्थापना
इस्लिङ्टन कलेजमा साइबर सेक्युरिटी रिसर्च सेन्टर स्थापना
टेलिकमका मोबाइल प्रयोगकर्ताले अब रु. १०० को रिचार्जमा १ जीबी डेटा बोनस पाउने
टेलिकमका मोबाइल प्रयोगकर्ताले अब रु. १०० को रिचार्जमा १ जीबी डेटा बोनस पाउने
इन्जिनियरिङमा विद्यार्थी नपाएपछि पुनः प्रवेश परीक्षा गर्दै पूर्वाञ्चल विश्वविद्यालय
इन्जिनियरिङमा विद्यार्थी नपाएपछि पुनः प्रवेश परीक्षा गर्दै पूर्वाञ्चल विश्वविद्यालय
अनुसन्धानकर्ताका लागि नास्टको नयाँ अनुदान कार्यक्रम, यसरी पठाउनुहोस् आफ्नो प्रस्ताव
अनुसन्धानकर्ताका लागि नास्टको नयाँ अनुदान कार्यक्रम, यसरी पठाउनुहोस् आफ्नो प्रस्ताव
ट्रेन्डिङ समाचार
मास्टर्समा साइबर सेक्युरिटी कोर्स पढाउने तयारीमा त्रिवि
मंसिर २७, २०८० १२:२०
मास्टर्समा साइबर सेक्युरिटी कोर्स पढाउने तयारीमा त्रिवि
इन्जिनियरिङमा विद्यार्थी नपाएपछि पुनः प्रवेश परीक्षा गर्दै पूर्वाञ्चल विश्वविद्यालय
मंसिर २७, २०८० ९:२९
इन्जिनियरिङमा विद्यार्थी नपाएपछि पुनः प्रवेश परीक्षा गर्दै पूर्वाञ्चल विश्वविद्यालय
गुगल लेन्समा यो वर्ष सबैभन्दा बढी के खोजियो ?
मंसिर २७, २०८० ११:२४
गुगल लेन्समा यो वर्ष सबैभन्दा बढी के खोजियो ?
के इन्जिनियरिङ कलेजहरूले व�