google account security settings - गुगल खाता सुरक्षा सेटिङहरू

 

 google account; गुगल खाता सुरक्षा सेटिङहरू ;



Our aunt is in front of Surikshat. Can you think of the important details, photos, files, contacts, text messages, search history, location history attached to Google Aka?

google account security ;

तपाईं चाहे व्यवसायिक वा व्यक्तिगत जुनसुकै प्रयोजनका लागि गुगल प्रयोग गर्नुहोस्, पक्कै पनि तपाई सधैं सम्पूर्ण सूचना आफ्नो नियन्त्रणभित्र राख्न चाहनुहुन्छ ।


तर यसका लागि तपाईंले वर्षौं अघि राखेको पासवर्डले यस्तो अमूल्य सम्पत्तिलाई सुरक्षित राख्न सक्दैन । त्यसैले यसका लागि तपाईंलाई आज हामी केही उपायका बारेमा बताउँदै छौँ, जसले तपाईंलाई आफ्नो अकाउन्ट सुरक्षित राख्न सहयोग गर्नेछ ।


१. पासवर्ड चेक गर्नुहोस् [ Check the password ]

पासवर्ड तपाईंको नाममा आधारित छ कि तपाईंको जन्मदिन, बसाइको ठेगाना वा अन्य कुनै कुरा, जुन तपाईंलाई गुगलिङ गर्दा सजिलै थाहा पाउन सकिन्छ । तपाईंको पासवर्ड सजिलो शब्दमा आधारित छ वा सजिलै अनुमान गर्न सकिने ढाँचामा छ ? आठवटा अक्षरभन्दा कम छ ? वा तपाईं अन्य कुनै वेबसाइट, एप वा सेवामा लग ईन गर्न पनि यही पासवर्ड प्रयोग गर्नुहुन्छ ?


यदि यी प्रश्नहरुमा तपाईंको उत्तर सकरात्मक छ भने आफ्नो पासवर्ड तत्काल परिवर्तन गरिहाल्नुहोस् । यसका लागि तपाईं आफ्नो व्यक्तिगत सूचनाबाट पत्ता लगाउन नसकिने लामो र जटिल तथा ढाँचाको पासवर्ड सेट गर्नुहोस् ।


२. आफ्नो गुगल अकाउन्टलाई दोस्रो तहको संरक्षण दिनुहोस् [ Give your Google Account a second layer of protection ]

तपाईंको गुगल अकाउन्टको पासवर्ड जतिसुकै बलियो किन नहोस्, अकाउन्ट ह्याक हुने सम्भावना सधैं रहिरहन्छ । तपाईंले आफ्नो अकाउन्टमा 'टु फ्याक्टर अथेन्टिकेसन' इनेबल गर्नु भयो भने तपाईंको यो भर्चुअल सम्पत्ति सुरक्षित राख्न सक्नुहुन्छ । टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नाले यसले गुगल अकाउन्टको पासवर्ड अन्य कसैलाई थाहा भएको खण्डमा पनि ह्याक हुनबाट जोगाउँछ ।


३. आफ्नो परिचय पुष्टि गर्न तयार रहेको सुनिश्चित गर्नुहोस् [ Make sure you are ready to confirm your identity]

यदि तपाईंको अकाउन्टमा कुनै किसिमको शङ्कास्पद  गतिविधि पहिचान भयो भने गुगलले तपाईंलाई साइन ईन गर्नु अघि आफ्नो पहिचान सुनिश्चित गर्न आग्रह गर्छ । यदि तपाईंले आफ्नो अकाउन्ट भेरिफिकेसन सेटिङमा हेर्नु भएन भने केही समयपछि आवश्यक सूचनाहरु हराउन सक्ने सम्भावना रहन्छ ।


गुगल अकाउन्ट सेक्युरिटी साइट खोल्नुहोस् । त्यहाँ एउटा सेक्सन हुन्छ, जसमा लेखिएको हुन्छ- आफूलाई भेरिभाइ गर्ने तरिका । त्यसमा दुई अप्सन हुन्छ, रिकभर योर फोन र रिकभर योर ईमेल ।


यदि यी विकल्पमा दिइएका जानकारी तत्कालका लागि सही छैनन् भने यसलाई क्लिक गरेर तत्काल अपडेट गर्नुहोस् । यसपछि हामी हाम्रो गुगल अकाउन्ट सुरक्षाको अर्को तहमा पुग्न सक्छौँ ।


४. तपाईंको अकाउन्टसँग थर्ड पार्टी सर्भिसको एक्सेस छ वा छैन हेर्नुहोस् [ See if your account has access to third party services

तपाईं जब आफ्नो फोन वा कम्प्युटरमा गुगलसँग अन्तरक्रिया गर्ने कुनै एप सेटअप गर्नुहुन्छ, तब केही हदसम्म यस्ता एपले तपाईंको गुगल अकाउन्टको डेटामा एक्सेस पाउँछन् ।


अवस्था अनुसार ती एपले तपाईंको गुगल सर्भिस भित्रको गतिविधिलाई हेर्न पाउँछन् वा पाउँदैनन् भन्ने कुरा निर्धारण गर्छ । यी एपले तपाईंको जीमेल, गुगल क्यालेन्डर, गुगल ड्राइभ वा पुरै गुगल अकाउन्ट पनि हेर्न सक्छन् ।


कुनकुन एपलाई तपाईंका कस्ता सूचनामा पहुँच छ भन्ने कुरा थाहा पाउन तपाईं गुगल थर्ड पार्टी एप एक्सेस ओभरभ्यूमा जानुहोस् । र त्यहाँबाट कनेक्टेड सर्भिसहरूको सूची हेर्नुहोस् । यदि तपाईंले त्यहाँ आफूले प्रयोग नगर्ने कुनै एप वा सर्भिस देख्नु भयो भने त्यसलाई हटाइदिनुहोस् । तपाईंले प्रयोग गर्ने र जानेको एप भएको खण्डमा हटाउन आवश्यक नहुनसक्छ ।


५ तपाइको अकाउन्टसँग एक्सेस भएको डिभाईसलाई पनि रिभ्यू गर्नुहोस् [ Also review the devices you have access to with your account]

तपाईंले कतिपय डिभाइसमा आफ्नो गुगल अकाउन्टलाइ धेरैपटक सेट गरिसक्नु भएको होला । तपाईंले एकपटक सिस्टम लेभलमा आफ्नो अकाउन्टलाइ कनेक्ट गराइसकेपछि तपाईंको अकाउन्टमा त्यो डिभाइसको सिस्टमले पहुँच पाउन सक्छ ।


तपाईं यसलाई पनि रोक्न सक्नुहुन्छ । त्यसका लागि गुगलको डिभाइस एक्टिभिटी पेजमा जानुहोस् । तपाईंले त्यहाँ कुनै डिभाइस देख्नु भयो, जसलाई तपाईं प्रयोग गर्नुहुन्न वा चिन्नु हुन्न । त्यसो हो भने तीन ओटा थोप्ला भएको मेनुमा गएर साइन ईट आउट अफ योर अकाउन्टमा जानुहोस् ।


६. तपाईंको फोनमा एपको अनुमति वा प्रमिसन हेर्नुहोस् [ View app permissions or permissions on your phone ]

एप सम्बन्धी ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । यदि तपाईं एन्ड्रोइड प्रयोग गर्दै हुनुहुन्छ भने केही सिस्टम लेभल प्रमिसनहरू हुन्छन् । जस्तै कन्ट्याक्ट र क्यालेण्डरसँग

Post a Comment

Previous Post Next Post