Did you reduce the size of the photo while filling online for free? Use this Nepali app _ अनलाइन फर्म भर्दा फोटोको साइज घटाउनुपर्‍यो ? प्रयोग गर्नुहोस् यो नेपाली एप

अनलाइन फर्म भर्दा फोटोको साइज घटाउनुपर्‍यो ? प्रयोग गर्नुहोस् यो नेपाली एप [ Did you reduce the size of the photo while filling online for free? Use this Nepali app ]

Did you reduce the size of the photo while filling online for free? Use this Nepali app  _ अनलाइन फर्म भर्दा फोटोको साइज घटाउनुपर्‍यो ? प्रयोग गर्नुहोस् यो नेपाली एप


Did you reduce the size of the photo while filling online for free?

सोच कलेज अफ आईटीबाट बीएससी सीएसआईटीको अन्तिम सेमेस्टरको अध्ययन सकेका प्रसिश शर्मा सवारी चालक अनुमतिपत्रको फारम भर्दै थिए । त्यही क्रममा उनलाई फोनबाट खिचेको फोटो तोकिएको साइजमा उतार्नु पर्‍यो । त्यसका लागि अनलाइनमा फोटोको साइज घटाउने (इमेज कम्प्रेसर) प्लेटफर्म खोजे । तर, उनले भेटाएको प्लेटफर्म केही गाह्रो जस्तो थियो ।


त्यही समयमा उनलाई आवश्यकता अनुसारकै फोटोको साइज घटाइदिने एप चाहिन्छ भन्ने महसुस भयो । त्यसको केही समयपछि अमेरिकाले इलेक्ट्रोनिक डाइभर्सिटी भिजा (ईडीभी)को आवेदन खुलायो । त्यसमा पनि फोटोको साइज ६००*६०० पिक्सेलको राख्नुपर्ने थियो । त्यही अनुसारको फोटोको साइज मिलाउने एप वा प्लेटफर्म सजिलै फेला नपार्दा मानिसहरू साइबरमा गएर फोटो खिच्न पुग्ने गरेकाे उनले चाल पाए ।


"म आफैंले ड्राइभिङ लाइसेन्सको फारम भर्दा पनि सहजै भनेको साइजमा फोटो उतारिदिने एप फेला पार्न सकेको थिइनँ," एप निर्माण गर्ने बेलाको अवस्था सम्झिँदै शर्मा भन्छन्, "पछि ईडीभीको फर्म भर्दा पनि नेपालीहरू फोटोकै कारण साइबरमा गइरहेको पाएँ । त्यसपछि सहजै फोटोको साइज घटाउने र भने अनुसारको आकार मिलाइदिने एप बनाउनतर्फ लागेँ ।"


त्यसपछि फोटो तथा अडियो कम्प्रेस गर्ने, भनेको आकारमा फोटो तयार पारिने सुविधा भएको एप बनाउनतर्फ उनी लागे । त्यसको दुई हप्तापछि एप तयार पारे, अनि प्लेस्टोरमा उपलब्ध गराए ।


उनी हाल आफूसँग गुगल सर्च कन्सोलको अकाउन्ट मात्र भएकाले एप प्लेस्टोरमा मात्र राखेको बताउँछन् । भन्छन्, "अहिले प्लेस्टोरमा मात्र छ । केही समयपछि एप स्टोरमा पनि सार्वजनिक गर्छु ।"


उनले तयार पारेको 'इमेज एन्ड अडियो कम्प्रेसर' एप अहिले सुरुवाती अवस्थामा छ । अफलाइन पनि प्रयोग गर्न सकिने यस एपमा प्रयोगकर्ताले आफूलाई आवश्यक अनुसार फोटो तथा अडियो कम्प्रेस गर्न, फोटोको फर्म्याट परिवर्तन गर्न र साइज मिलाउन सकिन्छ ।


कसरी प्रयोग गर्ने 'इमेज कम्प्रेसर एप' ? [ How to use 'Image compressor app'? ]


इमेज कम्प्रेसर एपलाई फोटो कम्प्रेस गर्ने मात्र नभइ फर्म्याट परिवर्तन गर्न र साइज एड्जस्ट गर्न प्रयोग गर्न सकिन्छ । फोटो कम्प्रेस गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:


सबैभन्दा पहिले यहाँ क्लिक गरेर प्लेस्टोरबाट एप डाउनलोड गर्नुहोस् । 

त्यसपछि आफ्नो फोनमा एप खोल्नुहोस् ।


अनि त्यहाँ देखिएको अपलोडको आइकनमा ट्याप गर्नुहोस् । र, कम्प्रेस गर्न चाहेको फोटो छान्नुहोस् ।


यति गरेपछि 'क्वालिटी' अप्सनमा रहेको रुलरमा आफूलाई उपयुक्त लाग्ने साइज छान्नुहोस् । त्यसपछि स्टार्ट कम्प्रेसिङको बटनमा ट्याप गर्नुहोस् ।


त्यसपछि फोटोको नयाँ साइज कति भयो, त्यसको क्वालिटीमा कति फरक आयो भन्ने त्यहीबाट हेर्न सकिन्छ ।


आफूलाई फोटो चित्त बुझेमा 'सेभ टु ग्यालरी'को बटन ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको फोटो ग्यालरीमा सेभ हुन्छ । अडियोलाई पनि यही तरिकाले कम्प्रेस गर्न सकिन्छ ।


फोटो वा डकुमेन्ट दुरुपयोग हुन्छ कि हुँदैन ?


शर्माका अनुसार यस एपले प्रयोगकर्ताको कुनै पनि विवरण भण्डारण गर्दैन । एपले लोकल स्टोरेजमै काम गर्ने भएकाले फोटो प्रयोगकर्ताको डिभाइसमै रहने उनी सुनाउँछन् । यस एपको सन्दर्भमा प्रयाेगकर्ताकाे फाेटाे वा कागजात दुरुपयाेग हुने जोखिम नरहने शर्माको भनाइ छ ।


हाल फोटो र अडियो कम्प्रेस गर्ने सुविधा भएको यो एपमा छिट्टै भिडिओ कम्प्रेसकाे फिचर ल्याउने उनकाे याेजना छ । "प्रयोगकर्ताले फोटोलाई कम्प्रेस गर्न, फर्म्याट परिवर्तन गर्न र साइज मिलाउन सक्ने भएकाले सबै कामका लागि यो एप उपयुक्त हुनसक्छ," शर्मा भन्छन्, "मलाई आवश्यक परेको एप अन्य व्यक्तिहरूलाई पनि विभिन्न साइटमा फोटो वा डकुमेन्ट राख्दा उपयुक्त हुन्छ भन्ने विश्वास छ ।"


उनले एपबाट आम्दानीका लागि 'मोब एड्स'को प्रयोग गरेका छन् ।

Did you reduce the size of the photo while filling online for free? Use this Nepali app  _ अनलाइन फर्म भर्दा फोटोको साइज घटाउनुपर्‍यो ? प्रयोग गर्नुहोस् यो नेपाली एप

Post a Comment

Previous Post Next Post